राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

एजेन्सी ।  भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । उनी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत अदालतमा उपस्थित थिए ।

राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation