२२ औं तिलोत्तमा गोल्ड कप उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधीका लागि सूदुरपश्चिम(११ र मनाङ मर्स्याङदी भिड्ने भएका छन् । विहिबारको अन्तिम सेमिफाइनल खेलमा मनाङले ट्राइबेकरमा ४(३ गोलअन्तरले फ्रेन्ड्स क्लबलाई लाई पराजित गर्दै फाइनल यात्रा लय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। योसंगै पन्ध्रौ संस्करणको बिजेता समेत रहेको फ्रेन्ड्स क्लब सेमिफाइनलबाट बाहिरिएको हो। पेनाल्टी सुटआउटमा फ्रेन्ड्सका रुपेश केसीले गरेको प्रहार दायाँ तर्फको माथिल्लो बिममा लाग्दै बाहिरिएको थियो भने डोना थापा प्रहारलाई मनाङका गोल रक्षकले सहजै रोक्न सफल भएका थिए । मनाङका जियनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए । फ्रेन्ड्स क्लबका अमित तामङ, विदेशि खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए।

निर्धारित समयमा फ्रेण्डस क्लबका तर्फबाट २५ नम्बर जर्शिका विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए । यस्तै खेलको २६ मिनेटमा २० नम्बर जर्शिका उत्तम राईले गोल गरेका थिए । पहिलो हाफको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन जर्शी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै २–१ को अवस्थामा पुर्‍याएका थिए। दोस्रो हापको २ मिनेटमा नै मनाङ मर्स्याङदीका २१ नम्बर जर्शिका प्रशन्न श्रेष्ठले गोल गर्दै २–२ को अवस्थामा पुर्‍याएका थिए।

खेलमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे। यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो।

फाईनल खेल चैत ११ गते शनिबार हुनेछ। प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी रहेका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation