बुटवलमा भएको सवारी दुर्घटना तिलोत्तमाका एक युवकको मृत्यु

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो ।

अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता महोनबहादुर खाँणले ग्लोबल आवाजलाई जानकारी दिए ।

यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation