अन्जु पन्त र थानेश्वर गौतमको ‘आलीमा भट्ट’ म्युजिक भिडियो सार्वजनिक

बाणगंगा । गायिका अन्जु पन्त र गायक थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘आलीमा भट्ट’ सार्वजनिक भएको छ ।रोमान्टिक शैलीमा तयार पारिएको गीतमा साली भेनाको मायाको प्रसंग समेटिएको छ । उक्त शब्द प्रभा बर्तौलाले कोरेकी हुन् ।

गजल गायनमा अब्बल थानेश्वर गाौतमकै संगीत रहेको गीतको एरेन्ज कमल सौरागले गरेका छन् । गीतको भिडियोमा लोमस शर्मा र सुशिला स्त्रीको अभिनय रहेको छ ।

थुप्रै कोरस प्रयोग गरेर डान्सिङ शैलीमा तयार गरिएको भिडियो जिवी चिरन र गीतकार बर्तौलाको पनि अभिनय देख्न सक्नुहुनेछ । राम केसीको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ भने भिडियोको कोरियोग्राफर तथा निर्देशक श्रीजन बरालले गरेका छन।

उक्त भिडियाले सार्वजनिक भएको एक हप्तामै करिब ८६ हजार दर्शकको माया बटुलेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation