कपिलवस्तुमा डेढ सय विद्यालयका ९ हजार ७११ जना विद्यार्थी एसइईमा सहभागी हुँदै

कपिलवस्तु । कपिलवस्तुमा आउँदो चैत १७ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पुरा भएको छ।

केन्द्राध्यक्षको नियुक्त भई सकेको छ भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थापना पुगी सकेको छ। शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख थानेश्वर घिमिरेले एसइईको सबै तयारी पुरा भएको बताए।

उनले परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकी सकिएको बताए। प्रश्न पत्र भने जिल्लामा रहेको जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालयमा पठाई सकिएको छ। जिल्लामा २९ वटा परीक्षा केन्द्र कायम गरिएको छ। यस वर्ष सुद्धोदन गाउँपालिकाको नेरा मावि मुरफुटवा र महाराजगंज नगरपालिकाको न्यु शिशु बोडिङ स्कुलमा परीक्षा केन्द्र थपिएको छ।

सदरमुकाम तौलिहवामा ५ र सदरमुकाम बाहिर २४ वटा केन्द्र छन्। जिल्लाका १० पालिका मध्ये यशोधरा गाउँपालिका बाहेक सबैमा केन्द्र छन्। समन्वय ईकाईका अधिकृत अर्जुन कुवरले एसइईको ९५ प्रतिशत तयारी पुरा भएको बताए। केन्द्राध्यक्षको अभिमुखीकरण पनि एक दुई दिन भित्र गरिने उनले बताए।

जिल्लामा डेढ सय विद्यालयका ९ हजार ७११ जना परीक्षामा सहभागी हुनेछन्। जसमध्ये नियमित तर्फ ८ हजार ९६६ र ग्रेडवृद्धि तर्फ ३२२ सय र प्राविधिक तर्फ ४२३ परीक्षार्थी छन्।

परीक्षा सुरक्षित निष्पक्ष र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ शंकरहरि आचार्यले बताए। साधारण तर्फ ८ र प्राविधिक तर्फ ११ वटा विषयको परीक्षा हुनेछ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation