रुपन्देही र अर्घाखाँचीमा दुई बालकको डुबेर मृत्यु

रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक ९ वर्षीय बालको ज्यान गएको छ । वुटवल उपमहानगरपालिका ११ मझुवा बस्ने बाग्लुङ घर भएका बिष्णु विकको छोरा ९ वर्षीय प्रिन्स विकको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा पनि पोखरीमा डुबेर एक पाँच वर्षीय बालको ज्यान गएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ खिदिम बस्ने मौसम दर्लामीको छोरा ५ वर्षीय मनसुन दर्लामीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच रुपन्दैहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका –२ कर्बला डाँडास्थित खेतमा सोही ठाउँ बस्ने ६८ वर्षीय बलिराम केवट शनिबार मृत अवस्थामा फेला परेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation