
कपिलवस्तु । कपिलवसतुमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरेको हो । घटनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।