बिस्वहिन्दु महासंघ कपिलवस्तुको उपाध्यक्ष तथा सह सचिबमा बाणगङ्गाका दुइ घिमिरे चयन

कपिलवस्तु । पछिल्लो समय वैदिक सनातन हिन्दु धर्म,वेद,पुराणहरु प्रती देश बिदेशमा महत्व बढीरहेको देखिन्छ ।संसार भर हामी हिन्दुराज्य का नागरिक हौ भनेर गर्व गर्नका लागि हिन्दु धर्म को रक्षा आवस्यक छ।धर्म रक्षा र पहिचानको लागि विश्व हिन्दु महासंघका का केन्द्रिय उपाध्यक्ष बेन बहादुर पौडेल प्रमुख आतिथ्य को उपस्थिति मा विश्व हिन्दु महासंघ कपिलवस्तुको पुनरगठन भएको छ।

कपिलवस्तु को बुद्दभुमी २ गोरुसिङ्गेमा बाबा योगिराज को अध्यक्षतामा भएको बृहत भेलाले झबिन्द्र शास्त्री अध्यक्ष ,कालिपद शर्मा वरिष्ठ उपाध्यक्ष ,धर्मराज घिमिरे ,दुर्गादेवी थापा,चुडामणी पोख्रे,टेक बहादुर बस्नेत क्रमश उपाध्यक्ष ,कृष्ण खनाल ,श्याम कुमारी सुवेदी ,सुरज चौवे,गणेश अवस्थी क्रमश सचीव पदमा,हरि घिमिरे सहसचिव ,दुर्गा पाण्डे कोषाध्यक्ष ,कबिता खनाल सह कोषाध्यक्ष सहित ३१ सदस्यीय जिल्ला कार्यसमिति पुनर्गठन गरेको छ।यश अघि पनि विभिन्न ब्याक्तित्व हरुको संयोजकत्वमा संघ को जिम्मेवारी दिएपनी संगठन कृयाशिल रुपले अघि बढन नसकेकोले अहिले केन्द्रिय उपाध्यक्ष ,सचिब र सदस्यहरुकै उपस्थिति मा बृहत् भेला आयोजना गरि संगठन निर्माण गरिएको छ।

नवनिर्वाचित पदाधिकारी हरुलाइ पद सहितको जिम्मेवारी हस्तान्तरण गर्दै यो टिम को नेतृत्व मा बिधान सम्मत ढङ्गबाट संस्था का मनोनयन तथा पालिका,वडा स्तर सम्मकै समिती बनाइ संघका कार्ययोजना लाई सफलता को शिखरमा पुराइने बताइएको छ।आफुहरुको नेतृत्व मा विश्व हिन्दु महासंघ जस्तो गौरबशाली संथाको जिम्मेवारी सुम्पने सबै प्रती नवनिर्वाचित अध्यक्ष झबिन्द्र शास्त्री र उपाध्यक्ष धर्मराज घिमिरेले धन्यवाद प्रकट गर्दै सनातन वैदिक हिन्दुत्व संस्कार को शिक्षा सबै जातजाति र बर्ग मा पुराइ कसैको आशा मर्न नदिने कुराको प्रतिवद्द्ता समेत प्रकट गर्नुभएको थियो।कार्यक्रम को संचालन आयुर्वेद तथा योग प्रशिक्षक कृष्ण मुरारी ज्ञवाली ले गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation