अबैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद

बाणगंगा । अबैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी सडकको छेउमा वेबारिसे अबस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो । १ लाख बाराबरको भंसार छली चिनी बरामद गरी सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाईएको प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले बताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ति टोलिले सो चिनी बरामद गरेको हो । ९९ हजार १५० रुपैया मुल्य कायम गरी बरामद गरिएको चिनी सुठौली भन्सार चलान गरिएको निरीक्षक बोहोराले बताईन । श्रोत अनुसार सो चिनी ट्रकबाट अबैधरुपमा चाकरचौडा नाकाबाट भित्राइएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation