सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी

कपिलवस्तु ।  ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो। तर त्यसले सार्थकता पाएको थिएन। तिलौराकोटलाई २५ वर्ष अघि नै विश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्ताव गरिएको थियो।

सो कार्य बिचै रोकिएको थियो। २०२४ मा पेरिसमा हुने विश्व संपदा सेन्टरको बैठकलाई मध्यनजर गरी काम गरिएको हो। सन २०१४ देखि बिज्ञ टोलीहरुले तिलौराकोटमा उत्खनन र अन्ुसंधान पछि तिलौराकोटलाई विश्व संपदा सुचीमा नामांकनकालागि आवश्यक उत्खनन सहीत आवश्यक कागजाताहरु र प्रमाण संकलन गर्दै आएका छन। विगत २ बर्ष देखि कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न मनोनयन दस्तावेज तयारी तीव्र पारिएको हो। तिलौराकोट कपिलवस्तुको प्राचीन राजधानी र गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ हो।

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समेट्न दस्तावेज तयार पार्न लागिएको हो।शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया) प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. युकियो निसिमुरा (जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको सहभागितामा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ। मनोनयन दस्तावेजमा पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातत्त्वविद् वसन्त बिडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा राख्न मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ। आइतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ। छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरी मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे। उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्त्विक महत्त्व विश्वले थाहा पाउने बताए। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्वसम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे। पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्त्वपूर्ण सुझावहरु आएको जानकारी दिँदै सीमाक्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एंव स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए।

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको बताए। उनले सन् १९९६ मै तिलौराकोट सम्भाव्य विश्वसम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनयन गरिसकेको उल्लेख गर्दै स्थानीय रुपमा वातावरण अनुकूल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए।कार्यशालमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न कार्यतालिका, विषयसूची, तिलौराकोटका विशेषता र अद्वितीय अनुपम विश्वव्यापी महत्वका बारेमा छलफल गरिएको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए।

पुरातत्व विभाग र लुम्बिनी विकास कोषले युनेस्कोका अन्तर्राष्ट्रिय संपदा विज्ञ काई वाईजे नेतृत्वमा ३ सदस्यीय विषेशज्ञ टोलीलाई प्रारम्भिक चरणको कामको जिम्मा दिएको थियो। सदस्यमा कन्जर्भेसन आर्किटेक्ट द्वय एनी जोशी र क्रिष्टिना श्रेष्ठ छन्। टोलीले युनेस्कोको विश्व संपदा सेन्टर पेरिसलाई बुझाउने वर्ड हेरिटेज नोमिनेशन डोसियर (दस्ताबेज)को प्रारम्भिक चरणको प्रतिबेदन बनाएकोछ।

सन् १९९५ मा पहिलो पटक विश्व संपदामा सूचिकृत गर्न काम थालिएको थियो। त्यत्तीखेर १९९६ मा नै विश्व संपदाको सुचिको प्रारम्भिक सुचिमा परेको थियो। तर, तिलौराकोटको अध्ययन अनुसन्धान धेरै हुन सकेको थिएन्। त्यही भएर सूचिकृतको प्रक्रिया अघि बढाईएको थिएन्। सन् २०१४ देखि ९ वर्षसम्म तिलौराकोटको बेलायतको डु¥हाम विश्व विद्यालय र युनेस्को अध्ययन अन्वेषण गर्दै आएकोछ। अन्वेषणबाट व्यवस्थित सहर र घर पाईएका छन्।

‘तिलौराकोट भित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन्,’ अध्ययनमा संलग्न पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुबरले भने, ‘ठाउ“ठाउ“मा ठुलठूला भवनका संरचना, ईनार र पोखरी पनि पाईएका छन्।’ पा“चौं शताब्दीमा आएका चिनिया यात्री द्वय फायहान र सा“तौ शताब्दीमा आएका ह्वेगंसाङले आफनो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिदै गएकोछ। बेलायती प्रयोगशालामा माटो, कार्बन डेटिङ परिक्षण गर्दा प्राचीनतम भएको विवरण आएको हो।

भगवान बुद्धको जन्म साढे २५ सय वर्ष अघि भएको ईतिहासमा उल्लेख छ। तर त्यस अघि नै भगवान गौतम बुद्धको बाल्यकाल र युवा अवस्था वितेको तिलौराकोटमा गाउ“को स्वरुपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टी भएको पुरातत्वविद् बताउ“छन्। यहा ईसा पुर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाईएकोछ। यस्ले तिलौराकोटको ऐतिहासिक प्रमाणीकता उजागर तथ्य सहित भएपछि विश्व संपदा सूचिमा लैजान सजिलो भएको उनले बताए।

समितिले वर्ड हेरिटेज नोमिनेशन डोसियर (दस्ताबेज) प्रारम्भिक प्रतिबेदन तयार गर्छ। त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, विषेशज्ञ राखेर एकिकृत व्यवस्थापन योजना, पुरातात्विक सेक्टर योजना र क्षेत्रिय योजना बनाएर पेश गर्नु पर्ने हुन्छ। ‘विश्वमा धेरै वल्र्ड हेरिटेज नोमिनेशन डोसियर लेखर सूचिकृत गराउनु भएका डंकन मार्सलसंग कुराकानी भईरहेको कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए।  तिलौराकोट शाक्यवंसिय राजा शुद्धोदनको राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको बाल्यकाल बिताएको स्थल हो। सन् १९९६ मा नै विश्व संपदाको सुचिको प्रारम्भिक सुचिमा परेको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation