रुपन्देही बाट सुनचाँदीका गहना चोरी गर्ने गिरोह पक्राउ

भैरहवा। रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरू बुटवल उपमहानगरपालिका –९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका –१९ का ३२ वर्षीय उत्तमप्रसाद यादव, वीरगन्ज महानगरपालिका –२० का २० वर्षीय राकेशसिंह राठौर, सोही ठाउँका २० वर्षीय सैल राय, सोही ठाउँका १५ वर्षीय परिवर्तित नाम भैरहवा –२७, पर्साको पटेर्वा सुगौरी –४ का १९ वर्षीय सन्दिप राय नट, सोही ठाउँका ३२ वर्षीय राजेश राय नट र पर्साको पाकहर गाउँपालिका –९ बस्ने ३४ वर्षीय रामबहादुर राय रहेका छन् ।

उनीहरूबाट प्रहरीले सुनको सिक्री ४ थान, टुटेको सिक्री २४ क्यारेट सुन ८.०६ ग्राम, सादा सिक्री २४ क्यारेट सुन ११.३७ ग्राम, लकेटसहितको सादा सिक्री २४ क्यारेट सुन ९ ग्राम, चाँदीको सिक्री थान एक (३६.७४ ग्राम), ५६ हजार नगद, विभिन्न कम्पनीका मोबाइल ८ थान र बीआर–०५ एस–०३१४ नम्बरको भारतीय स्कारपियो गाडी बरामद गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation