प्राचिन कपिलवस्तुको तिलौराकोटमा नव प्रवेशी तीन सय भिक्षुद्धारा भिक्षा टन

कपिलवस्तु । भिक्षु जीवनमा प्रवेश गरको ३ सय बढी नव प्रवेशीहरु भिक्षुहरु बुद्ध शिक्षाका लागि प्राचिन कपिलवस्तुको तिलौराकोट आएका छन । उनीहरु शिक्षा सहित तीर्थाटन गर्न बुद्ध स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका हुन। २ साता अघि उनीहरु सहित ५ सय जना एकै पटक लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए ।

उनीहरुले भिक्षाटन पनि गरे। तिलौराकोट आएका उनीहरुलाई कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, निर्माण ब्यवसायी दिनेश हमाल, ब्यापारी देबेश जैसवालले भिक्षादान गरेका थिए ।

भिक्षा ग्रहण लगत्तै उनीहरुले तिलौरकोटको पुवीद्धारा लगायतका क्षेत्रको अवलोन समेत गरको थिए । शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थ २९ वर्षको युवा अवस्था विताएको स्थल तिलौराकोट आएर उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र पाठ गरे । उनीहरुले तिलौराकोटमा पश्चिमी र पूर्वी द्वार तथा राजप्रासादका भग्नावषेश परिक्रर्मा गरे । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सयजनाले सामुहिक रुपमा प्रवज्या लिएर गत चैत्र २ गते श्रामनेर बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुटकिलो हो ।

भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो । भगवान गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरुलाई पारिवारिक माया मोहबाट अगल बनाएर केहि दिनदेखि दिक्षा दिईदै आएको छ ।  नब प्रवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० शिल सिकाईएको छ । तच पंचक ध्यान सिकाईएकोछ । उनीहरुले राम्ररी ब्यवहारमा उतारेको पाईयो भने दुई चार महिनामै भिक्षु संघले पुर्ण भिक्षु बनाउन सक्ने भिक्षु महासंघ अध्यक्ष शोभन महाअस्थबीरले बताए ।

भिक्षु बनाउने कार्यक्रम महासंघको स्बिकृती लिएर जहिले पनि गर्न सकिने बताए । नब प्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको ईतिहास, बौद्ध शिक्षाको महत्ब र बुद्धले बुद्धत्ब प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिईएकोछ । त्यस्तै भिक्षु जीवन, करुणा, मैंत्री सद्भाव र भाईचारा लगायतका बिषयमा ज्ञान दिईएको छ । २० दिने अल्पकालिन भिक्षु बनाउने कार्यक्रम चैत्र १७ गते सकिदैछ।बुद्ध धर्म अनुसार शाक्यहरु एकदिनका लागि भएपनि भिक्षु बन्नै पर्छ भन्ने मान्यता रहेको छ।प्रबज्या लिए पछि कतिपय भिक्षु जीवननै ब्यत्तीत गर्छन् ।

कतिपय फेरी गृहस्ती जीवनमै फर्कन्छन्।गानैतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्ष गर्नु पर्छ भन्ने अनुभुति दिलाउन पारिवारिक मोहमायाबाट अगल राखेर दिक्षा दिदै श्रामनेर बनाइएको हो।भिक्षु जीवनमा प्रवेश गरेको उनीहरुले बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु बनेका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation