
कपिलवस्तु । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि कपिलवस्तु सहित देशैभर सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।
कपिलवस्तुका २९ परिक्षा केन्द्रमा निक्कै मर्यादित र भयरहित वातावरणमा आजको परिक्ष सम्पन्न भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुवरले जानकारी दिनुभयो ।
कपिलवस्तु बाट यस वर्ष नियमति, प्राविधि र ग्रेड बृद्धी गरी जम्मा ८ हजार ६ सय ९६ विद्यार्थीले फारम भरेपनि आज पहिलो दिन भने ८ हजार ५ सय २८ विद्यार्थी परिक्षामा सहभागि भएका छन । ८४ छात्रा र ८४ छात्र गरि १६८ जना विद्यार्थी अनुपस्थित भएको जिल्ला शाखा अधिकृत कुवँरले बताउनु भएको छ ।
यसैबिच तौलिहवास्थित बालगृहबाट आज ५ जना विद्यार्थी एसईईमा सहभागि भएका छन । कार्यालय प्रमुख रामप्रसाद अर्यालका अनुसार उनीहरुले बुद्धपद्मा माविबाट परीक्षा दिएका छन ।
उनीहरुमधये ४ जना १७ बर्षका छन् भने १ जनाको अहिलेसम्म पुरा परिचय खुलेको छैन । जुम्लाका कविराज डाँडी, हेटौँडाका अभिषेक लामा, कपिलवस्तुका शिव हरिजन, रामेछापका रामेश्वर पाठक, र कुशल गुरुङ रहेका छन् । कुशल गुरुङको अझैसम्म ठेगाना र उमेर खुल्न सकेको छैन । आफूहरुको राम्रो तयारी रहेको भन्दै उत्कृष्ट ग्रेडकासाथ एसईई उत्तीर्ण हुने उनीहरुले बताए ।
देशभरी बाट पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेपनि चार लाख ८४ हजार २ सय २७ जना मात्र परीक्षामा सहभागी भएका छन ।
यता लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा नियमित, प्राविधिक र ग्रेड बृद्धी तर्फ गरी जम्मा ८५ हजार ४ सय २४ विद्यार्थीले परीक्षा दिएका छन ।