शान्ति समाज कपिलवस्तुद्वारा लोकतन्त्र र संक्रमणकालिन न्यायको अन्तरक्रिया

कपिलवस्तु  । लोकतन्त्र को १७ बर्स संक्रमणकालिन न्याय अलपत्र भन्ने बिषयमा मानव अधिकार तथा शान्ति समाज नेपाल को केन्द्रिय सर्कुलर अनुसार आज कपिलवस्तु मा पनि सोही बिषयक अन्तक्रिर्या सम्पन्न भएको छ।मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु शाखा को आयोजनामा कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल मा लोकतन्त्र र संक्रमणकालिन न्याय का बिषयमा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रम मा राजनैतिक दल,विभिन्न संघ संस्था,संचारकर्मी,अधिकारकर्मी,कानुन ब्यबसाइ लगायत को उपस्थिति रहेको थियो।कार्यक्रम मा ने क पा माओवादी केन्द्रका प्रदेस सल्लाहकार भोजराज आचार्य ,केन्द्र कै प्रदेस सचिवालय सदस्य नारायण भुशाल,रास्ट्रीय स्वतन्त्र पार्टी का प्रदेश प्रवक्ता कमल पोख्रेल ,नेपाली काङ्ग्रेस का नगर सचीव सुर्य बराल,उद्योग ब्यापार संघ का अध्यक्ष खिमानन्द पौडेल (कोपिल),संचारकर्मी रमेस बुढाथोकी,कानुन ब्यबसाइ रबिराज आचार्य ,नागरिक समाज कपिलवस्तु का अध्यक्ष दोलख बहादुर पछाइ,समाजसेवी कृष्ण प्रसाद भट्टराई,बाणगङ्गा मा बि का अध्यापक राम प्रसाद भुसाल लगायत ले लोकतन्त्र र संक्र्मणकालिन अवस्था का बारेमा आआफ्ना धारणा राख्नु भएको थियो।

आफ्नो धारणा राख्दै माओवादी केन्द्रका भुशालले जुन ब्यबस्थाका लागि जसको सबैभन्दा बढी योगदान छ सबै मिलेर उसै माथी अनेकौं प्रहार गरिरहेकाले यो अवस्था रहिरहेको जनाउनुभएको थियो।संक्रमणकालिन न्याय का बिषय यति लम्बिनु नै गलत हो,जुनसुकै पक्ष को पिडित भएपनी न्याय पाउने कुरमा ढिलाइ गर्नु नै मुख्य अन्याय भएको कुरा रास्वपा का प्रदेश प्रवक्ता कमल पोख्रेल ले राख्नुभएको थियो।आफ्ना धारणा राख्दै कानुन ब्यबसाइ रबिराज आचार्य ले यो भुक्ने लोकतन्त्र भएकोले संक्रमणकाल लम्बिएको हो।खासमा न्याय पाउन टोक्ने लोकतन्त्र हुनुपर्ने कुरा राख्नुभएको छ।ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेलले आउदो ३ बर्स सम्म यस्तै अवस्था रहने हो भने बृहत् शान्ति सम्झौता का साथै संक्रमणकालिन न्याय को अवस्था नै धरापमा पर्ने जनाउनु भएको थियो।

नागरिक समाज का अध्यक्ष दोलख पछाइले आफ्नो धारणा मा मुख्य राजनैतिक दलका इच्छाशक्ति को कमि का कारण संक्र्मणकालिन न्याय अलपत्र परेको कुरा जनाउनु भएको थियो।सबैका धारणा मा शान्ती समाज गम्भीर हुँदै यस्ता बिषयमा सदैब आवाज बुलंद गरिरहने शान्ति समाजका संस्थापक जिल्ला सभापति गोबिन्द पोख्रेलले जनाउनु भएको थियो।कार्यक्रम मानव अधिकार तथा शान्ती समाजका जिल्ला सभापति माधब घिमिरे को अध्यक्षता र जिल्ला सचिब बुद्दिशागर बेल्बासेको संचालनमा सम्पन्न भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation