
कपिलवस्तु । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कुमार प्रसाद वर्मा चयन हुनुभएको छ । हिजो भएको अधिवेशन बाट वर्माको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा भोगेन्द्र उचाई ठकुरी, पदम थापा, मिलन प्रसाद चौधरी, समिरा गदि सचिवमा राजेश उपाध्याय, कोषाध्यक्षमा दामोदर मिश्र बिशव थापा लगायत १९ सदस्य कार्यसमिति चयन भएको छ ।
कपिलवस्तु ट्रेड युनियन संस्थापन अध्यक्ष अमरिका कुर्मीको अध्यक्षता, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय सदस्यद्वय ध्रुव रायमाझी, प्रमोद मिश्रा, जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य देवेन्द्र किरण श्रीवास्तव, कनिज फातिमा रंगरेज, कृष्ण पौडेल लगायतको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
जिल्ला प्रवक्ता भुमिराम गिरीको सञ्चालनमा सम्पन्न भएको उक्त अधिवेशनमा जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।