
कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी खनाल चयन हुनुभएको छ । हिजो भएको क्लबको अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा भगवती भुषाल, द्धितिय उपाध्यक्षमा पार्वती खड्का, तृतिय उपाध्यक्षमा सिता भण्डारी, सचिवमा सरस्वती सोमै, कोषध्यक्षमा मीना न्यौपाने चयन हुनुभएको छ ।
कार्यक्रम २०२२/२३ कि अध्यक्ष सीता न्यौपानेको अध्यक्षता, लायन्स कपिलवस्तु दिदीबहिनीकी संस्थापक अध्यक्ष तथा जोन चियर प्रसन लक्ष्मी गैरेको प्रमुख आतिथ्यता, डिस्टिक डिपाटमेन्ट मेम्वर सविता पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा क्लबका विभिन्न पादाधीकारी लगायत विभिन्न संघ सस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।