
काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ ।
लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो।
दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए । लखनउका लागि मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको हो । लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले ।
निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाउँदा कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए । आयुष बदोनी ७ बलमा १८ रन बनाए । दिपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए ।
दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २–२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १–१ विकेट लिए ।
जितसँगै २ अंक बनाएको लखनउ शीर्ष स्थानमा रहेको छ । हारसँगै अंकबिहिन दिल्ली छैटौं स्थानमा रहेको छ ।