मिटरब्याज पीडित बसेको स्थानमा गृहमन्त्री

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएको छ । उहाँ त्यहाँ मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हो ।

यसअघि हिजो मिटरब्याज विरुद्धको सङ्घर्ष समिति, नेपालबीच गृहमन्त्रालयमा पाँचबुँदे सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितलाई भेटेर समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाउनुभयाे लगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहल र उपस्थितिमा गृह मन्त्रालयमा सो सहमति भएको हो ।

शुक्रबार गृहमन्त्री पद बहाली क्रममा समेत उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्यभार प्रारम्भ गर्नुभएको थियो।

सहमतिपत्रमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ गतेको प्रतिवेदन शीघ्र एवम् प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको तियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation