
कपिलवस्तु । कपिलवस्तुमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमी नगरपालिका–९ चम्पापुरस्थित सडकमा रोकी राखेको ग. १ ख ३८३५ नम्बरको ट्रकमा रा.३ प ७६७० नम्बरको मोटरसाइकल ठक्कर खाई उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार कपिलवस्तुको विजयनगर गाउँपालिका–४ त्रिपालनगर बस्ने २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।