स्याङ्जा घर भएकी एक महिला छोराछोरी सहित काठमाडौ बाट बेपत्ता

कपिलवस्तु । स्याङ्जामा घर भएर केहि समयदेखि काठमाडौको चक्रपथ स्थित चप्पल कारखाना नजिक बस्दै आएकी अमृता गिरी एक छोरा र एक छोरी सहित बेपत्ता भएकी छन । २४ वर्षिय गिरी आफ्ना २ वर्षका छोरा अमन र ७ वर्षकी छोरी खुसी सहित यहि चैत्र १२ गतेदेखि बेपत्ता भएकी हुन ।

२०७२ सालमा स्याङ्जाको ज्यग्दीका मनोज गिरि सगँ विवाह गरेपछि उनिहरुले काठमाडौको चक्रपथ स्थित चप्पल कारखाना नजिकै दुध डेरी सञ्चालन गर्दै आएका थिए । उनका श्रीमानले घरमा कुनै किसिमको झैझगडा पनि नभएको बताएका छन ।

उनलाई कसैले कहिँ कतै देखे नजिकका प्रहरी कार्यालय तथा निम्न नम्बरमा सम्पर्क गर्न पनि परिवारजनले अनुरोध गरेका छन ।

श्रीमान मनोज गिरी ः ९८०३७०५९०३ र ९८४६३४१८८७

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation