मिसन ग्रासरुट कृष्णनगर: कुनालका निजि सहायक बने वडा कमिटी अध्यक्ष

कपिलवस्तु । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पनि भब्य रुपमा संचालन भैरहेको छ । मिसन ग्रासरुट कृष्णनगर नगरको जिम्मेवारी पाउनु भएकी एमाले केन्द्रिय सदस्य साजिदा सिद्दिकीको सक्रियतामा वडा र टोल कमिटी बिस्तार एवम जनता सङ भेटघाटका कार्यक्रम हरु भैरहेका छन ।

मिसन ग्रासरुट अभियान अन्तर्गत आज कृष्णनगर नगरपालिका वडा नं ४ सिइर्सिहवामा वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले कृष्णनगरका प्रभावशाली नेता कुनाल प्रताप शाहका निजि सहायक गौरब मणि त्रीपाठिको नेतृत्वमा वडा कमिटी गठन गरिएको बताइएको छ । आज एक कार्यक्रमका बिच गौरब मणि त्रीपाठिको नेतृत्वमा वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य साजिदा सिद्दिकी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जिल्ला कमिटी सदस्य हरु सहितको उपस्थितिमा सर्ब-सहमति रुपमा त्रीपाठिलाइ अध्यक्ष बनाइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation