बुटवलको बमघाटदेखि बसन्तपुर डाँडासम्म पुग्ने केवलकार बैशाखदेखि सञ्चालनमा आउने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ ।

करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा  होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण  हुने भएका छन् । वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पटपनि रहने भएको छ । केबलकारको  एक डिब्बामा ८ जनाले  चढ्न सकिनेछ ।

कम्पनीले ९ वटा टवारसहित केवलकार निर्माण गर्नेछ। केबलकारको शिलन्यास २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  गरेका थिए। जसमा कम्पनीले ३ अर्ब ५२ करोड लागत अनुमान गरेको छ।

केवलकार ३ किलोमिटर लम्बाइको हुनेछ। केबलकारको बुटवल-३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जनाइएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation