ए डिभिजन लिग : थ्री स्टारले आर्मीलाई हरायो, हिमालयन शेर्पा र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

च्यासल मैदान ललितपुरमा आज भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोलले हराएको हो । थ्री स्टारका अजयी मार्टिन्सले गरेको गोल नै निर्यायक बन्यो । जितसँगै १० अङ्कसहित थ्री स्टार तालिकाकाे छैटाैँ स्थानमा पुगेको छ । ८ अङ्क भएको आर्मी आठौँ स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लबले १–१ गोलको बराबरी खेलेका छन् । हिमालयन शेर्पाका सत्यम शर्माले ८६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर टिमलाई जिततर्फ पुर्‍याएका थिए । तर मच्छिन्द्रका विमल घर्तीमगरले इन्जुरी समयमा गोल गरेर टोलीलाई हारबाट बचाए । समान ६/६ अङ्क भएका हिमालयन शेर्पा नवौँ र मच्छिन्द्र १० औँ स्थानमा छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation