कपिलवस्तुमा ३ क्विन्टल अवैध कुखुरा नष्ट

कृष्णनगर । कपिलवस्तु ३ क्विन्टल अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जल अवैध कुखुरा नष्ट गरेको हो । तस्करले शिवराज नगरपालिका वडा नम्बर ६ डेउवा गाउँमा राखी चन्द्रौटातर्फ लैजाने क्रममा उक्त कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बुधबार इलाका प्रहरी कार्यालय बहादुरगञ्जको प्रहरी टोलीले कुखुरा बरामद गरेको हो । बरामद गरिएको ब्रोइलर कुखुराको अन्दाजी मुल्य ७५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ । जनप्रतिनिधि, स्थानीय, पत्रकार र प्रहरी लगायतको रोहबरमा खाल्डो खनी माटोले पुरेर नष्ट गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation