
प्यूठान। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।
विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका मोटरसाइकलमा फर्कने क्रममा स्कुल वसमा ठोक्किएर स्वर्गद्वारी ७ तापाका १५ वर्षीय बेल्वासेको मृत्यु भएको हो । लोक चेतना एकेडेमी बोर्डिङ स्कुलको लु १ क १०९४ नम्बरको स्कुलबसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा पछाडि बाट ओभरटेक गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।
प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द माध्यमिक विद्यालयमा कायम गरिएको परीक्षा केन्द्रमा एस.इ.इ परीक्षा दिदै थिए । घटना वारे थप विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ ।