
कपिलवस्तु । जनता माध्यमिक विद्यालय पिपराको ६१ औँ वार्षिक उत्सव, पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । आज एक भव्य समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षता, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिको प्रमुख आतिथ्यता, प्रदेश सांसद हेमा बेल्वासे, शिक्ष विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरे, बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, बाणगंगा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसिको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थिले जनता माविले विगत देखि नै गुणस्तरीय शिक्ष प्रदान गरिरहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । अन्य विषय सगैँ प्रदेशमा सबैभन्द धेरै प्राविधिक विषयहरु पठनपाठन गराइरहेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभएको थियो । अब कपिलवस्तुका सम्पुर्ण विद्यालयहरुले नेपालमा किताबी ज्ञानमात्र हावि रहेको भन्ने तथ्यलाई चिरेर व्यावाहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो ।
त्यस्तै विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी प्रदेश सांसद हेमा बेल्वासेलई विद्यालयले सम्मान प्रदान गरेको थियो । उक्त अवसरमा बोल्दै सांसद बेल्वासेले आफुले पढेको विद्यालयले अहिले यति ठुलो प्रगति गरेको देख्दा खुसी लागेको भन्दै विद्यालयको शैक्षिक गुणस्तर बढाएर देशमा चिनाउनको लागि आफुले हरपल प्रयाश गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा वर्षभरि भएका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विभिन्न स्थान प्राप्त गर्न सफल भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विभिन्न सय विधामा उत्कृष्ट विद्यार्थीहलाई पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै विद्यालयले यस वर्षका उत्कृष्ट शिक्षकहरु कृष्ण भट्टराई, शन्तोष शर्मा र प्रकाश कार्किलाई सम्मान समेत गरेको छ ।
विभिन्न अक्षयकोषको रकम बाट प्राप्त ब्याजको सदुपयोग गर्दे गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक रमेश पन्थिले स्वागत मन्तब्य तथा प्रगति विवरण पेश गर्नुभएको थियो भने शिक्षक उज्वल अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।