सर्पको टोकाइबाट दाङमा बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार बालकको मृत्यु भएको छ।

तुलसीपुर–१३ ढकनाका ११ वर्षीय छवि चौधरीको मृत्यु भएको हो। घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनलाई चोर औँलामा सर्पले टोकेको थियो। उनलाई डोमनी प्रजातिको सर्पले टोकेको जनाएको छ।

सर्पदंशपछि गम्भीर बिरामी भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation