ग्लोबल ओरिएन्स नेपाल प्रालि तुलसीपुर विक्री केन्द्रद्वारा रक्तदान

दाङ । ग्लोबल ओरिएन्स नेपाल प्रालि तुलसीपुर विक्री केन्द्रले रक्तदान गरेको छ । सोमबार तुलसीपुर स्थित कार्यालयमै भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । रगत नै जीवनदान भएकाले सामाजिक सेवा अन्तर्गत उक्तशाखा प्रतिनिधि वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।

त्यस अवसरमा वलीले प्रालिको केन्द्रीय कार्यालय बालाजुमा रहेको बताएका थिए ।प्रालिले हालसम्म २१ भन्दा बढि विक्री कक्षबाट विक्री गरिरहेको छ । साथै स्वदेशी आहारापुरक खाद्य बस्तु ५ वटा,स्वदेशी सौन्दर्य प्रशोधनका सामग्री २५ वटा र भारतबाट आयातित आहारापूरक खाद्यबस्तु १२ वटा गरि कुल ४२ वटा सामानहरु विक्री गरिरहेको वलीले बताए । पवित्रा केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण झरना केसीले थिइन् । नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजनामा रक्तदान भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation