पाल्पाको कचलमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–१ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री ट्वाइलेटभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शुक्रबार विहान ट्वाइलेट गएका उनी लामो समयसम्म पनि बाहिर नआएपछि शंका लागेर उनकी श्रीमती मिना खत्रीले ट्वाइलेटको ढोकाबाट बोलाउन जाँदा भित्रबाट कुनै जवाफ नआएपछि ढोकाको चुकुल फोरेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका थिए । ट्वाइलेटमा पानी राखिएको ड्रममा टाउको डुबेको अवस्थामा लडिरहेको भेटेपछि प्रहरी चौकी दोभानलाई खबर गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation