नयाँ वर्षकै दिन पाल्पा दोभानको भुतखोलामा डुवेर एक युवाको मृत्यु

बुटवल । रुपन्देहीबाट पाल्पाको दोभान स्थीत भुत खोलामा नयाँ बर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पाको तिनाउ गाउपालिका वडा नं ३ मा रहेको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी दोभानका अनुसार जैसवाल शुक्रबार बिहान नया बर्षको पहिलो दिन भन्दै घुमघामको लागी साथीहरु संग पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुत खोलामा गएका थिए।

साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए। पोखरीमा खस्ने बित्तिकै उद्दार गरी उपचारको लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा घुम्न र नुहाउन जाने क्रममा हरेक बर्ष युवाहरुको डुबेर मृत्यु हुने क्रम बढदै गएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation