बालुवाटारमा माओवादी नेता पुनको आमामाथि गोली प्रहार : गोली हान्ने हबलदार पक्राउ

काठमाण्डाै । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ ।

उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गोली हान्ने प्रकाश पक्ताउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् ।

उनले गएराति १० बजेतिर गोली हानेका थिए । खुट्टामा गोली लागेर घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation