ऐतिहासिक सुपा देउरालि मन्दिरमा सेन्चुरी सँग सेल्फी लिनेको भीड

अर्घाखाँची । लोक दोहोरी गायक खेम सेन्चुरी अर्घाखाँचीको शितगङ्गामा दोस्रो महोत्सवको कार्यक्रममा आएका बेला अर्को दिन प्रसिद्ध मन्दिर बिहानै सुपा देउराली पुगे पछि सेन्चुरिका फ्यान बालबालिकाहरू युगल जोडिहरु देखि वृद्धहरु सेल्फी खिचाउने भिड लागेको थियो ।

कार्यक्रमको व्यवस्था भएता पनि छोटो समय निकालेर मन्दिर पुगेका सेन्चुरीले सेल्फि कार्यक्रमपछि भन्नुभयो ‘कसै कसैले ‘खेम दाइ खेम दा,बालबालिकाले अन्कल सेल्फी भन्दै मन्दिर परिसर भिड लागेको थियो ।

शनिबार बिहान शितगङ्गाको दरबार होटल देखि सुपा देउराली मन्दिर सम्म सेन्चुरी आएको थाहा पाएपछी उहाँसँग फोटो खिच्नेको भिड लागेको थियो । मन्दिर दर्शन सकेर सकेर करिब ५० मिटर होटल सम्म पुग्दा झण्डै २० मिनेट लाग्यो । सेल्फी खिच्नेको भीड लागेपछि उहाँलाई उम्किन गाह्रो भएको थियो सेन्चुरीलाई युवा युवती देखि बच्चा सम्मले सेल्फी खिचेर टिकटक समेत बनाएका थिए ।

सेन्चुरीले आफूसँग फोटो खिचाउन चाहने र भेट्न चाहेका बालबालिकासँग सहज रूपमा समय दिने गर्नुभएको छ । बालबालिकासँग बोल्न र जानकारी लिन सेन्चुरि स्वयं आफूपनि कसैलाई रोक्नै मानेनन सबै सङ सेल्फी खिचेर मजा लिएका थिए ।

सेन्चुरी सचिवालयका बिनोद बाबुका अनुसार सेन्चुरीलाई भेटेर फोटो खिच्नका लागि घण्टौँसम्म पनि लाइन लाग्ने र पर्खनेको सङ्ख्या धेरै हुनेगरेको छ । महोत्सव र स्टेज कार्यक्रममा कहिलेकाहीँ स्टेजबाहिर निस्कँदा भिड थेग्न नसक्ने अवस्था हुनेगरेको छ,बाबुले भन्नुभयो ।

सेन्चुरिले सेल्फी कार्यक्रममा बोल्दै मलाई माया गरि दिनुभएको छ।आज मन्दिरमा दर्शन गरेर मन सान्ती भएको छ । आज मन्दिर आउन जुरेको रैछ यहि मौकामा एकजोडी परेवा समेत उडाएर मन्दिर दर्शन गरेका थिए। मलाई खेम सेन्चुरी बनाउने सबै तपाइहरुनै हो यस्मा दुईमतनै छैन ।

सदैब रहिरहोस आगामी दिनमा थुप्रै गित रेकर्ड भएर सुटिन हुँदै छ हेरेर मन पराइदिनुहोला,सबैलाई नया बर्ष २०८० को आज दोस्रो दिनमा मलाई मन्दिर सम्म ल्याएर सहयोग गर्ने आदरणीय दाई झनक केसिलाई विशेष धन्यवाद र सबै मेरा प्यारा भगवान रुपि दर्शकलाई नया बर्षको फेरिपनि शुभकामना तेस्तै मलाई कलकार भनेर सम्मान गर्दै मायाको चिनो दिनुहुने सुपा देउराली सुपा मन्दिर ब्यबस्थापनका टिम सन्धिखर्क नगरपालिकाका वाड न.७ का वाड अध्यक्ष चुरा बहादुर केसि मन्दिर समितिका सचिब हरि खनाल लगाए सबै सबैलाई धन्यबाद दिएका थिए । आजै पनि रोल्पाको लिवाङ्गमा कार्यक्रम रहेकोले समय नभएको भन्दै कुनै बसेर भलाकुसारी गर्ने प्रतिबद्धता गर्दै सेल्फी कार्यक्रम समापन गरि बाटो तताएका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation