सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक उत्सव सम्पन्न

कपिलवस्तु । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । आज एक भब्य कार्यक्रमका बिच सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा उक्त सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सहकारी संघ लिमिटेडका लेखा तथा सुपरीवेक्षण समिति संयोजक तेजप्रसाद आचार्यको प्रमुख आतिथ्यता, कपिलवस्तु जिल्ला समन्वय समिति सदस्य सुमित्रा दमैको विशिष्ट आतिथ्यता, संस्थाका निवर्तमान अध्यक्ष सुर्य कुमारी शाही, बाणगंगा नगर कार्यपालिका सदस्य शान्ति पाण्डे, बाणगंगा नगरपालिका वडा नम्बर ३ की वडा सदस्य चन्दावती चौधरी, बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य चिन्कु थारु, बाणगंगा नगरपालिका वडा नम्बर ७ की वडा सदस्य पार्वती सुनार लगायतको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघ लिमिटेडका लेखा तथा सुपरीवेक्षण समिति संयोजक तेजप्रसाद आचार्यले सहकारी मार्फत पछिल्लो समय समाजका महिलाहरुले आफ्नो आर्थिक अवस्था सुधार गर्दै लगेको उदाहरण प्रस्तुत गर्दै यहाँका महिलाहरुले पनि त्यसको सिको गर्न निक्कै जरुरी रहेको बताउनु भएको थियो । सहकारीमा बचत गरेर, सहकारी बाट लगेको ऋण बाटले कृषिका विभिन्न कार्यक्रम गरेर राम्रो आयआर्जन गर्न सकिने उहाँले बताउनु भएको थियो ।

त्यस्तै अध्यक्ष इन्दिरा भट्टराईले सहकारीलाई आफुहरुले अझ आम्दानीको स्रोतको रुपमा विकास गर्ने बताउनु भएको थियो । सहकारी मार्फत आफुहरुले कृषि, घरेलु उत्पादन, विभिन्न जिवनपयोगी सिप लगायतका विभिन्न महत्वपुर्ण पक्षलाई महत्व दिएको भन्दै त्यसलाई निरन्तरता दिने बताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्याक्तिलाई सम्मान समेत गरिएको थियो ।

सहकारीका पदाधिकारी, सहकारी सङ्ग विभिन्न माध्यम बाट जोडिएका व्याक्ति, समुह लगायत विभिन्न व्याक्तिहरुको उपस्थित रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश घिमिरेको स्वागत तथा सचिव अम्बिका थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation