
कपिलवस्तु । रानाभाट/भाट समाज कपिलवस्तुको अध्यक्षमा ऋषि भाट चयन हुनुभएको छ । हिजो जिल्लाको बाणगंगा नगरपालिका १ बैरीयामा सम्पन्न भएको पहिलो जिल्ला अधिवेशन बाट ऋषि भाटको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी बि.सी., उपाध्यक्षहरुमा दय शंकर भाट, ईन्द्र कला बि.सी., सचिवमा राजकुमार भाट क्षेत्री, कोषध्यक्षमा निर्माला बि.सी. भाट, सह सचिवमा मिना बि.सी. भाट, सदस्यहरुमा बुद्धी बहादुर बि.सी. भाट, टान बहादुर बि.सी., मानकुमारी बि.सी., डाल कुमारी बि.सी. भाट, बिष्णु बि.सी. भाट र कमला बि.सी. भाट रहनुभएको छ ।
रानाभाट समाजका जेष्ठ सदस्य खडक बहादुर रानाभाटको अध्यक्षता, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिको प्रमुख आतिथ्यता, अर्घाखाँची शितगंगा नगरपालिका की उपप्रमुख गित भाट, शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. को विशिष्ट आतिथ्यतमा सम्पन्न भएको अधिवेशनले उक्त कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिले रानाभाट समाजले समाजमा परेका हरेक समस्यामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । अहिले समाजमा इमान्दारीता र नैतिकता मासिदै गएको बेलामा हामि सबै जातजाती, भाषधर्म, संस्कृति र परम्पराका मानिसहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका की उपप्रमुख गिता भाटले हामि जुन जाती, भाष, धर्म र संस्कृति बाट अएपनि मिलेर जानुको विकल्प नभएको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै अर्घखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. संविधानमा रानाभाट जातिलाई थपेर देशमा १२६ जाति बनाउनु पर्ने बताउनु भएको थियो । अर्घाखाँची जिल्लाका साविकको सिमलापानीमा रानाभाटको प्रमुख केन्द्र निर्माण गर्नुपर्ने बताउनु भएको थियो ।
कपिलवस्तु र अर्घाखाँची, पाल्पा लगायत विभिन्न जिल्लाका रानाभाट व्याक्तिहरुको सहभागिता रहेको कार्यक्रमा लक्ष्मी विसीको स्वागत तथा राजकुमार भाट क्षेत्रीको को सञ्चालनमा सम्पन्न भएको थियो ।