सरकारका योजनालाई सफल पार्न श्रमदान अति आवश्यक : मुख्यमन्त्री गिरी

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सरकारका योजना सहि रुपमा सम्पन्न गर्न र ति योजनालाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि जनताको श्रमदान अति आवश्यक रहेको बताउनु भएको छ । सम्पन्न भएका योजनामा जनताको मिहिनेत नहुने हो भने जनताले ति योजनालाई बेवास्ता गर्ने बताउनु भएको हो ।

शोमवार कपिलवस्तुको बाणगंगा नगरपालिका ५ मधौलिमा सम्पन्न मधौलिया खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । समाजका हरेक काममा सरकारकै मुख ताक्ने बानीले पछाडि परेको उहाँले बताउनु भएको छ । कुनै पनि योजना सरकारको सहयोगमा सम्पन्न भएपछि त्यसलाई सदुपयोग गर्दै अघि बढाउने जिम्मा आम नागरिकको रहेकोले ति योजनलाई आफ्नो सम्पतिको रुपमा स्विकार गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

त्यस्तै उहाँले हामिहरु आफैमा सफा र स्वस्थ छैनौ भने सुरक्षित खानेपानीले मात्र हाम्रो शरीर स्वस्थ हुन नसक्ने बताउनु भएको छ । मुख्यमन्त्री गिरीले केहि समय पहिला तराइमा कलको पानी र पहाडमा खुल्ला पानी पिउने गरेको स्मरण गर्दै त्यो अहिले क्रमिक रुपमा हट्दै गएको बताउनु भएको छ । प्रदेश सरकारले खानेपानिका क्षेत्रलाइ विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनु भएको छ ।

त्यस्तै खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मनत्रालयका सचिव जकि अहमत अन्सारीले खानेपानी समितिले यसका सम्पुर्ण कार्यहरु जनता समक्ष प्रष्ट सङ्ग राखेर जनताको मन जित्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले २२ हजार घर धुरीमा अहिले १२ हजार घरदुरीमा सुरक्षित खानेपानी पुगिसकेको बताउनु भएको छ । बाणगङ्गा नगरपालिकाले प्रदेश सरकारको लक्ष्य अनुरुप एक घर एक धारा कार्यक्रमलाइ निक्कै प्राथमिकता दिएर काम गरिरहेको बताउनु भएको छ । श्रमदानको अभावले पाइपलाइन बिस्तार लगायत केहि कार्यमा समस्या आएकोले श्रमदान गर्न नगरवासीलाई मेयर अर्यालले आवह्वान समेत गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मन्त्री चेत नारायण आचार्य, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थि लगायतको उपस्थिती रहेको थियो ।

मधौलिया खानेपानी तथा सरसफाई आयोजना आर्थिक वर्ष २०७५ ७६ मा सर्वेक्षण भइ आरम्भ भएको हो । अनुमानित रु ८ करोडा ५१ लाख १६ हजार ४२ रुपैयाँ १४ पैसा रहेपनि योजना भने ४ करोडा ३ लाख ७६ हजार पाँच सय ४६ रुपैयाँ १३ पैसामा सम्पन्न भएको हो । जम्मा जम्मी ८५५ आधार वर्ष घरधुरी भएपनि अहिले सम्म ३७२ घरधुरीमा धारा जडान गरिएको छ ।

कार्यक्रम समिती अध्यक्ष खडानन्द पोख्रेलको अध्यक्षता , सचिव कृष्ण पाण्डेको संचालन एवं सदस्य नन्दराम पोख्रेलको स्वागतमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation