
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा बनको घाटगद्धीमा आगलागि हुँदा ५ लाख ५० हजार बराबरका काठ जलेर नष्ट भएका छन । शोमवार करिव साढे पाँच बजेको समयमा बुद्धभुमि ३ स्थित त्रिशुलि सामुदायिक बनको घाटगद्धीमा आगलागि भएका हो ।
आगलागि बाट ३५० क्यु फिट साल जातिको, १५० क्यु फिट अस्ना जातीको गरी अनुमानित ५ लाख ५० हजार बराबरको काठ जलेर पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसैबिच जिल्लाको कृष्णनगर नगरपालिका १२ को भुदई गाउँमा लुकाइ छिपाई राखेको अवस्थामा सिसौ जातको १३ गोलिया काठ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बेदर्मी बाट खटिएको प्रहरी गस्ति टोलीले अनुमानित २ लाख ७० हजार बराबरको काठ बरामद गरेर सव बन डिभिजन वन कार्यालय ठाकुरापुर पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।