पाल्पाको जंगलमा एक पुरुष मृत फेला

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्ति मृत फेला परेका छन् । उक्त गाउँपालिकाको वडा नं.४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मंगलबार दिउँसो दुई बजेदेखि घरबाट बाहिर निस्केका घिमिरे बुधबार मृत अवस्थामा

भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation