प्युठानको माण्डवीमा आगलागी हुँदा १ घर र २ गोठमा पुर्णरूपमा क्षती

प्युठानको माण्डवी गाउँपालिका ४ दक्सुनेमा आगलागी भएको छ।आज दिउँसो करिव २:३० वजे लागेको आगोबाट १ घरमा आंशिक क्षती पुगेको र १ घर सहित २ गोठमा भने पुर्णरूपमा क्षती पुगेको प्रहरी स्रोतले बताएको छ।

आगलागी बाट ४ वटा बाख्रा समेत जलेर मरेका छन्। ईलाका प्रहरी कार्यालय देविस्थानको प्रहरी टोली,माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,वडा अध्यक्ष डिल बहादुर घर्ती सहित स्थानीयहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै आगलागि बाट हुन सक्ने थप क्षतिलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीको परिचालन गरिएको छ।

आगलागीबाट सोही ठाउँ निवासी हिरा बहादुर बुढा र बोम ब बुढाको घर तथा गोठमा क्षेती पुगेको हो।नजिक‌ैको वनमा लागेको आगो घरमा सल्किदा उक्त क्षेती हुन पुगेको ईलाका प्रहरी कार्यालय देविस्थानले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation