बाणगंगा ११ मा बाल अधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम सुरु

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा ३ दिने बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम आज बाट सुरु भएको छ । बाल अधिकारको विषयमा बालबालिकालाइ सचेत गराउँदै क्षमता विकास गर्ने उद्देश्यका साथ आज बाट वडाको सभाहलमा तालिम सुरु भएको हो ।

बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता, नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता, वडा सदस्यहरु इमकला केसी, वाजवुल लैन, जग नारायण थारु, वडा सचिव अशोक कुमार चौधरी, रेडियो हर्ट विटका स्टेसन म्यानेजर अशोक पौडेल, बाल सहजकर्ता निषा थारु लगायतको आतिथ्यतामा उक्त कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले प्रविधिको विकास सङ्गै पहिलाको तुलनामा अहिलेका बालबालिका निक्कै सचेत रहेको बताउनु भएको छ । नेपालको संविधान र अन्तराष्ट्रिय संघ संस्थामा भएका बालअधिकार सम्बन्धी व्यवस्थलाई सटिक बाख्या गर्नुभएका भुसालले तालिममा सहभागि बालबालिकाले समाजमा हुने बालअधिकार हननका विरुद्ध चर्को आवाज उठाउनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले तिन दिने तालिम बाट बाल अधिकार सम्बन्धी जानकारी लिँदै उद्घोषण तालिम बाट क्षमता विकास गर्न पनि आग्रह गर्नुभएको छ । वडाले बालबालिकाको आवश्यक्तालाई हेरेर उक्त तालिमको आयोजना गरिदिएको भन्दै तालिम बाट सिकेको कुरालाई व्यवाहारमा लागु गर्नुपर्ने बताउनु भएको थियो ।

तालिमको उद्घाटन सत्रको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य इमकला केसीले गर्नुभएको थियो ।

बाणगंगा नगरपालिका वडा नम्बर ११ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्ज को सहजिकरणमा सुरु भएको तालिमको पहिलो दिन करिब २५ बालबालिकाको उपस्थिती रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation