कर्जा लिएपछी तिर्न आनाकानी गर्ने छुट कसैलाई छैन : मेयर अर्याल

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कोही पनी नागरकिले कर्जा लिएपछी तिर्न आनाकानी गर्न नहुने बताउनुभएको छ । नेपाल लघुवित्त बैंकर्ष संघले आयोजना गरेको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै यस्तो बताउनुभएको हो । नगर प्रमुख अर्यालले पछिल्लो समय लघुवित्त संथामा देखीएका समस्या त्यसै नआएकाले गम्भीर समिक्षा गर्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले कुन ठाउँमा कति लघुवित्त संस्थाको आवस्यकता छ भन्ने नबुझी धेरै सस्था खोलीनुले पनि लघुवित्त संस्थाहरु यो समस्यामा पर्ने गरेको प्रस्ट्याउनुभयो ।

लघु, साना तथा मस्यौला उद्योमीहरुलाई आवश्यक कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरु इच्छुक रहेको कार्यक्रमका बिसिष्ट अतिथी नेपाल राष्ट्र बैंक सिद्धार्थ ब्रान्चका निर्देशक चतेन्द्रराज सुवेदीले बताउनुभयो । उहाँले कर्जा प्रवाह र यसबाट लिने व्यवसायिक फाईदाका विषयमा भने अझै पनि साना उद्योगी तथा स्थानियस्तरका व्याक्तीहरु जानकार नरहेको बताउनुभएको छ ।

कार्यक्रमको बारे प्रकाश पार्दै नरेन्द्र पौडेलले वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । साथै उनिहरुले पछिल्लो समय लघुवित्तको भ्रम फैलाइएको र त्यो भ्रम चिर्न सचेतना अभियान सन्चालन गरीएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय लघुवित्तको भ्रम फैलिनुमा लघुवित्तको पनी अलिकती कमजोरी रहेको हुनसक्ने बताउदै छिटो समाधान खोज्न आग्रह गरेका थिए । साथै उनीहरुले केही संस्थाका कारण यि र यस्ता समस्या शिर्जना भएको भन्दै ति संस्थालाइ कानुनको दायरामा ल्याउन पनी आग्रह गरेका छन् ।
नेपाल लघुवित्त बैंकर्ष संघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्वीनी प्रदेश संयोजक प्रेम बहादुर पाठकको अध्यक्षता रहेको कार्यक्रममा अन्जना सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन मेरो माइक्रो फाइनान्स जितपुर साखाका भिम ओलीले गर्नुभएको थियो ।

नेपाल लघुवित्त बैंकर्ष संघले वाणगंगा नगरपालिका ४ नम्वर जितपुर देखी पिस हिमालयन रिर्सोटसम्म पैदल र्याली समेत गरेका थिए । र्यालीमा उनीहरुले बिभीन्न प्लेकार्ड समेत पर्दशन गरेका थिए । ¥यालीमा ४०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

 

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation