
कपिलवस्तु । उद्योग ब्यापार संघ , कपिलवस्तु को सामाजिक कार्यको पुर्ब निर्धारित कार्यतालिका अनुसार लोकतन्त्र दिवस को अबसर पारेर बैशाख ११ गते बाणगङ्गा को ठाकुरापुर मा रहेको पिस हिमालय रिसोर्ट मा बृहत रक्तदान कार्यक्रम गर्ने भयेको छ ।
संघ को दोस्रो बैठक को निर्णयानुसार बैशाख ११ गतेको लागि रक्तदान कार्यक्रम राखियको र सो कार्यक्रम को लागि रेवता पौडेल को संयोजक एबम गिता पौडेल र मुक्तिराम कडेल सदस्य रहेको कार्यदल गठन गरि तयारी सुरु गरियको र सम्पुर्ण तयारी पूरा भयेको जानकारी उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” ले दियका छन । नियमित रक्तदान गर्नाले शरीर स्वस्थ्य रहनुका साथै आफुलाइ आत्मसन्तुष्टि मिल्ने तथा रक्तदान गर्न प्रेरित गर्ने उदेश्य ले रक्तदान कार्यक्रम आयोजना गरियको उद्योग ब्यापार संघ कपिलवस्तु ले जनायको छ ।
उक्त बृहत रक्तदान कार्यक्रम को प्रमुख अतिथी बाणगङ्गा नगर प्रमुख चक्रपाणी अर्याल तथा बिशिस्ट अतिथी मा नियमित रक्तदाता संघ का केन्द्रिय उपाध्यक्ष लेखनाथ भन्डारी को उपस्तिथि रहने उद्योग ब्यापार संघ कपिलवस्तु ले जनायको छ । रक्तदान जस्तो पुण्य कार्यमा सबैको साथ सहयोग पाउने अपेक्षा सहित सहभागिताको लागि पनि सबै सङ्ग उद्योग ब्यापार संघ , कपिलवस्तु ले हार्दिक अनुरोध गरेको छ । उक्त बृहत रक्तदान कार्यक्रम को सह आयोजक नियमित रक्तदाता संघ , कपिलवस्तु रहेको छ भने प्राबिधिक सहयोग रक्त सञ्चार केन्द्र , बुटवल रहेको छ ।