वाङ्गला रुपन्देही सम्पर्क समाजको अध्यक्षमा प्रकाशमणि खनाल चयन

सैनामैना । वाङ्ला रुपन्देही सम्पर्क समाजको अध्यक्षमा प्रकाशमणि खनाल चयन हुनुभएको छ । सनिवार बुटवलमा सम्पन्न पाचौं अधिवेशनबाट नँया कार्यसमिति चयन गरिएको जानकारी निर्वाचन समिति संयोजक शिव अधिकारीले दिनुभएको हो । प्रकाशमणि खनालको अध्यक्षतामा निर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा मैया बस्नेत कार्की, द्वितीय उपाध्यक्षमा बाबुराम भुसाल, सचिवमा मोहन बस्याल, कोषाध्यक्षमा गोबिन्द भुसाल र सह सचिवमा अमृत भुसाल खनाल निर्वाचित हुनुभयो। त्यसैगरी सदस्यहरुमा दुर्गा प्रसाद भुसाल, राधा भट्टराई, लेखनाथ पोख्रेल, बाबुराम भुसाल, माधव बस्नेत,माया पौडेल, जमुना अधिकारी, नेत्र प्रसाद अधिकारी र बिकास पौडेल निर्वाचित भएको जानकारी निर्वाचन समिति सदस्यद्वय कृष्ण प्रसाद भुसाल र ठाकुर अधिकारीले दिनुभयो ।

अर्घाखाँची जिल्लाको वाङ्गलाबाट रुपन्देहीमा आएर बसोबास गर्दै आएका व्यक्तिहरुको सामाजिक संस्था वाङ्गला रुपन्देही सम्पर्क समाजको आठौं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन सनिवार सम्पन्न भएको हो ।

अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सचिव चिरञ्जीवी भट्टराई र कोषाध्यक्ष बिस्नु प्रसाद अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन पारित गर्दै सम्पन्न साधारणसभामा संस्थाका सल्लाहकारहरु तेजनिधी पौडेल, कुलचन्द्र भुसाल, शिव अधिकारी, मित्रमणि खनाल, कृष्ण प्रसाद भुसाल, जिवनारायण अधिकारी, जीवनारायण पौडेल, ठाकुर अधिकारी लगायतले सम्पर्क समाजले सबै वाङ्गलेली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ एकै सुत्रमा बाध्न सफल रहेको चर्चा गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।

भानुभक्त भुसाल, मैया बस्नेत कार्की, राधा भट्टराईले समाजका गतिविधिको चर्चा गर्नुभएको थियो। कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता र उपाध्यक्ष प्रकाशमणि खनालको संचालनमा बुटवल स्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न भएको हो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation