
कपिलवस्तु । ‘स्वास्थ्य जिवनका लागि योग’ भन्ने मुल उद्देश्यका साथ कपिलवस्तु जिल्लाको बाणगंगा नगरपािलक वडा नम्बर ४ गजेहडामा पाँच दिने योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जली योग नगर समिति बाणगंगा र पतञ्जली योग वडा नम्बर ४ गजेहडा समिति श्रद्या साधना केन्द्रको संयुक्त आयोजनामा यहि वैशाख १६ गते देखि २० गते सम्म जि गोल्डेन होराइजन स्कुलमा योग शिविर हुन लागेको हो ।
बढ्दै गैरहेको अस्वस्थकर जीवन शैलीलाई नियन्त्रण गर्नको लागि सञ्चालित उक्त शिविर प्रत्येक दिन बिहान ४ः३० बजे देखि ६ः३० सम्म सञ्चालन हुने जनाईएको छ ।