नगर भित्र रक्त संचार केन्द्र सञ्चालन गर्ने तयारी गरेका छौँ : मेयर अर्याल

कपिलवस्तु । नेपाली जनताले लोकतन्त्र दिवसलाई भुल्न नहुने बाणगंगा नगरपािलकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । लोकतन्त्र दिवसको अवसरमा उद्योग व्यापार संघ कपिलवस्तुद्वारा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

रक्तदान भनेको जिवन दान भएको बताउदै पछिलो समय रगत दिदा कमजोर भईन्छ भन्ने भम्र कम्रश हराउँदै जानु सकरात्मक पक्ष भएको मेयर अर्यालले बताउनु भएको छ । यो वर्ष भित्र नगरपालिका भित्र रक्त संचार केन्द्र सञ्चालन गर्ने तयारी गरेको समेत उहाँले जिकिर गर्नुभएको छ । यस्तै नगर प्रमुख अर्यालले पछिलो युवा पुस्तालाई लोकतन्त्रबारे जानकारी गारउनु पर्ने बताउदै उद्योग व्यापार संघ, कपिलवस्तुले गरेको रचनात्मक कार्यक्रमको प्रशंसा गर्नु भयो ।

नेपाल नियमित रक्तदान संघ केन्द्रिय उपाध्यक्ष तथा बुटवल रक्त संचार केन्द्रका व्यवस्थापन समितिका सदस्य लेखनाथ भण्डारीले विगतका समयमा रगत संङकलन गर्न धेरै कठिनाई भएको बताउदै पछिलो समय यसमा पनि जनचेना भएको बताउनु भयो । साथै उहाँले हाम्रो रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याने बताउदै रक्त संञ्चार र उद्योग व्यापार संघ कपिलवस्तुको सहकार्य सधै रहने बताउनु भयो ।

उद्योग व्यापार संघ केन्द्रिय सचिवालय सदस्य तथा कपिलवस्तुका संरक्षक टोपनारण बेल्बासेले बोल्दै सहिदहरुले ज्यान गुमाए पनि जनताले अपेक्षा गरे अनुसारको लोकतन्त्र गणतन्त्र आउनु नसकेको बताउनु भयो ।

यस्तै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले नयाँ पिडिहरुलाई लोकतन्त्र,गणतन्त्र, सविधान कसरी आएको स्मरण गराउनु पर्ने बताउदैे समाज रुपान्तरणमा सबै युवाहरु लाग्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा उद्योग व्यापार महासंघ केन्द्रिय सदस्य हुमनाथ पौडेल,सामुदायिक रेडियो टेलिभिजन बुद्धआवाजका व्यवस्थापक भेषराज पाण्डे , स्वास्थ्य कर्मि, रक्त दाता हरु, उद्योग व्यापार संघ कपिलवस्तुका समिति सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संयोजक रेवता पौडेल र सदस्यहरु गिता पौडेल,मुक्तिराम कंडेल रहनु भएको थियो ।

हामी ले दिएको रगत ले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ भने यता हाम्रो शरीर मा रहेको रगत तीन महिना मा खेर जान छ तेहि भयेर हामी प्रत्येक तीन महिना मा रगत दिन बानी बसाल्न पर्ने कार्यक्रममा बताइएको थियो ।

रक्त दान कार्यक्रममा रक्तदान गर्नेहरुको बाकलो उपस्तिथी रहेको थियो भने रक्त दाता हरु लाई प्रमाणपत्र वितरण गरिएको थियो । वरिष्ठ उपाध्यक्ष यम बाहादुर के.सीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महा सचिव बासुदेव खनालले गर्नु भएको थियो । पिस हिमालय रिसोर्ट ठाकुरापुरमा उद्योग व्यापार संघ कपिलवस्तु वाणगंगाको आयोजना र रक्त संचार केन्द्र बुटवलको सह आयोजामा सम्पन्न भएको रक्दान बाट ६० प्वाइन्ट रगत जम्मा भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation