
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् ।
बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको ‘कान्तिपुर इकोनमिक समिट-२०२३’ मा बोल्दै प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।
उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, ‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’