गैँती र बेल्चा हर्क साम्पाङलाई पल शाहको उपहार

काठमाडौं । पछिल्लो समय महोत्सवमा व्यस्त अभिनेता पल शाहले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर गैँती-बेल्चा प्रदान गरेका छन् ।

शाहले सामाजिक सञ्जालमा स्टाटससहित तस्बिरहरू सेयर गर्दै मेयर साम्पाङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।

उनले लेखेका छन्,‘धरानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्गज्यूसँग सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुशी छु ।’

तस्बिरमा शाह र मेयर साम्पाङसँगै हाल प्रदर्शनमा रहेको चलचित्र ‘जारी’ की कलाकार रेखा लिम्बूलाई पनि देख्न सकिन्छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation