राप्रपा अध्यक्ष लिङ्देन भोलि कपिलवस्तु आउदै

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि कपिलवस्तु आउनु हुने भएको छ । लुम्बिनी स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न यहि वैशाख १६ गते भोलि जिल्लाको बैरिया स्थित मायादेवी रिसोर्टमा लिङ्देन सहित आधा दर्जन केन्द्रिय नेताहरु आउन लाग्नु भएको केन्द्रिय सदस्य धुर्व रायमाझीले उपकार अनलाईन सङ्ग बताउनु भएको छ ।

उक्त भेलामा अध्यक्ष लिङ्देन सहित पुर्व मन्त्री दिपक बोहरा, पुर्व कानुन मन्त्री ध्रुब बहादुर प्रधान, सांसद धवल शम्शेर राणा लगायतका नेताहरु आउने केन्द्रिय सदस्य रायमाझीले बताउनु भएको छ ।

अध्यक्ष सहित थुप्रै केन्द्रिय नेताहरु आउने कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि पार्टिका पदाधिकारी, सदस्य जिल्ला, क्षेत्र, नगर र गाउँपालिका र भातृ संगठन लगायत पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई उपस्थिती हुन पार्टिले आग्रह गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation