चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ।

शुक्रवार आज काठमाण्डाैमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।

उहाँले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्यधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताउनु भयो।

उहाँले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सिप,अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत् र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गर्नुभयो।

उहाँले विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकारको धेरै सहयोगको आवश्यकता रहेको बताउनु भयो। उहाँले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न, अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताउनु भयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation