बाणगंगामा सुरक्षित मातृत्व एवम् गर्भ संस्कार कार्यक्रम सञ्चालनमा

कपिलवस्तु । बाणगंगा नगरपालिकाको वडा नं, १ उत्तमनगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्तमनगरको आयोजनामा दुई दिने सुरक्षित मातृत्व एव्म गर्भ संस्कार कार्यक्रम सञ्चालन गरिएको छ । बाणगंगा र गजेहडा भू. पू सैनिक खानेपानी उपभोक्ता समितिको सभाहलमा शुक्रवार र शनिवार वडाका गर्भवती महिलाहरुलाई लक्षित गरी जानकारी मूलक स्वास्थ्य ज्ञान हासीलको लागी प्रशिक्षण दिने द्धय जन स्वास्थ्य निरिक्षक अधिकृत छैठौं इश्वरा खरेल, कुल प्रसाद पन्थीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमा वडा न. १ का अध्यक्ष्य सञ्जु सारुको पहलमा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल ,सदस्य राज कुमार थारु र टोपकला बि, सि को आतित्थतामा कार्यक्रम सञ्चालन गरीएको थियो । उक्त कार्यक्रमा गर्भवती महिलाहरुले सुरक्षित मातृत्वको स्वास्थ्य ज्ञान लिन पाउँदा खुशी व्यक्त गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation