
कपिलवस्तु । प्रेस चौतारी नेपाल बाणगंगा नगरपालिकाको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको प्रथम नगर भेलाबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा दिपिका सुनार, सचिवमा सिता बेल्वासे, कोषाध्यक्षमा पवनराज पाण्डे, सदस्यहरुमा अस्मिता भुसाल, निलम परियार, निलम खनाल, गिता थापा चयन हुनुभएको छ । बाँकी एक जनालाई पछि नियुक्त गर्ने नगर कमिटिले जनाएको छ ।
प्रेस चौतारी नेपाल बाणगंगाको नगर संस्थापक अध्यक्षमा चयन हुनुभएका आचार्यले संगठन एउटा भएपनी आफु नेतृत्वको कार्यसमितिले सबै श्रमजीवी पत्रकारको पक्षमा बुलन्द आवाज उठाउने प्रतिबद्धता व्याक्त गर्नुभएको छ ।